डिल्ली सावित्रीमा जापानिज नागरिक यसुमासाद्धारा विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण

फागुन ४,धादिङ । डिल्ली सावित्री मावि धुनिवेशीमा जापानिज नागरिक नोजेरी यसुमासाले विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेकी छिन् । हाल जापान बस्दै आएका सोही विद्यालयका पुर्व विद्यार्थी दिनेश लोहनीको सहजिकरणमा बिद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो ।

धुनिवेशी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष माधव सिलवालसहित विद्यालयका प्रधानध्यापक घनश्याम अधिकारी उपस्थितीबीच बिद्यार्थीलाई कपि,पेन्सिल र मिठाइ वितरण गरिएको प्रधानध्यापक अधिकारीले अनलाइनकेन्द्रलाई बताए ।

२ सय ५० जना विद्यार्थीले सो सामाग्री पाएका छन् । यस्ता किसिमका सहयोग आउदा बिद्यालय र स्वयम विद्यार्थीसमेत उत्साहित हुने अधिकारीले अनलाईन केन्द्रलाई बताए ।

संम्बन्धित समचार

Leave a Reply