सर्भिस ट्रयाक निर्माण नहुँदा कोटेश्वर–कलङ्की सडकमा जोखिम

पौष २६, काठमाडौं । –‘हाती छि–यो, पुच्छर अड्कियो’ भने झै कोटेश्वर–कलङ्की चक्रपथ विस्तार कार्य सम्पन्न भए पनि त्यसको ‘सर्भिस ट्रयाक’ को निर्माण कार्य भने अझै सम्पन्न हुन सकेको छैन ।

‘सर्भिस ट्रयाक’ निर्माण हुन नसक्दा सवारी साधन र पैदल यात्रुहरुलाई द्रुतगतिमा सवारी साधन गुड्ने विस्तारित चक्रपथ भएर नै जोखिम मोलेर बाटो काट्नुपर्ने बाध्यता रहेको छ ।

नेपाल र चीनबीच भएको सम्झौता अनुसारको चक्रपथको बिस्तार कार्य यसअघि नै सम्पन्न भइसकेको छ । गत मङ्सिर महिनामा नै चिनियाँ निर्माण कम्पनीले सम्झौता अनुसारको आठ लेनको चक्रपथ विस्तार कार्य सम्पन्न गरिसकेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको उक्त खण्डको निर्माण सम्पन्न भएको हो ।

काठमाडौँ चक्रपथ सुुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले चीन सरकारसँग भएको सम्झौता अनुसार आठ लेनको चक्रपथ बिस्तार कार्य सम्पन्न भइसकेको र नेपाल सरकारले आफैँ गर्ने भनिएको दुई लेनको ‘सर्भिस ट्रयाक’ निर्माण काम भइरहेको जानकारी दिए । चक्रपथको दायाँबायाँ ६–६ मिटरको ‘सर्भिस ट्रयाक’ निर्माण गर्नुपर्ने छ । ‘सर्भिस ट्रयाक’ निर्माणपछि आठ लेनको अहिलेको चक्रपथ १० लेनको हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply