फाल्गुनन्द गोल्डकप : आज रोयल फुटबल र ब्वाइज युनियन भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष २६,  पाँचथर । फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा भारतको रोयल फुटबल क्लब दार्जिलिङ र काठमाडौंको ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

खेल बिहीबार दिउँसो साढे २ बजे फिदिम माविको खेल मैदानमा हुनेछ।

आजको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुनेछ। सरस्वती युथ क्लब, झापा ११ र त्रिभुवन आर्मी क्लबले यसअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन्। सेमिफाइनल खेल शुक्रबारदेखि हुनेछन्।

पहिलो सेमिफाइनलमा झापा ११ र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। ्

ताजा अपडेट

खोजी गर्नुहोस