त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सर्भरमा समस्या

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन ८, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ८,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सर्भरमा समस्या देखिएको छ।

सोमबार दिउँसो सर्भरमा समस्या देखिएसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित भएको कार्यालयका सूचना अधिकारी गणेश आचार्यले बताए।

‘डेढ घण्टादेखि सर्भरमा समस्या आएकाले प्राविधिकहरू बोलाएका छौ’उनले भने, ‘मोबाइल डेटा कम्युटरमा कनेक्ट गराएर हटस्पटमार्फत भएपनि प्रयास गरिरहेका छौं। अहिले सेवा निकै सुस्त चलिरहेको छ।’

पछिल्लो केही समययता अध्यागमनको सर्भरमा पटक-पटक समस्या देखिन थालेको छ।

करिब एक महिनाअघि पनि सोही समस्याका कारण उडान प्रभावित भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस