सैनिक प्रवक्ताको जिम्मेवारी ढकाललाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २६, बिहिबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं । नेपाली सेनाको प्रवक्तामा नियुक्त सहायक रथी यामप्रसाद ढकालले जिम्मेवारी सम्हालेका छन् । जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको कार्यभार बिहीबारबाट ढकालले सम्हालेका हुन् ।

यसअघि प्रवक्ता रहेका सहायक रथी गोकुल भण्डारीले बिहीबार जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा ढकाललाई कार्यभार हस्तान्तरण गरेको निर्देशनालयले जनाएको छ ।

सो क्रममा भण्डारीले जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने क्रममा आमसञ्चार जगतका सबै मिडिया, प्रकाशक, सम्पादक तथा रक्षासँग सम्बद्ध पत्रकारहरूबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि धन्यवादसमेत दिएका छन् ।

भण्डारीको केही दिनअघि मात्रै नेपाली सेनाको तालिम शिक्षालय सैनिक प्रतिष्ठान खरिपाटीमा शिक्षाधिकृतका रूपमा सरुवा भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस