गगन थापाले भने__’खराब नियतले काम गर्ने लघुवित्तलाई कारबाही गरिनुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन १०, बुधबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन १०, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गर्न माग गरेका छन् ।

आज बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गरे । उनले लघुवित्तका कारण मर्कामा परेकाहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताए । उनले लघुवित्तका कारण कयौँ गरिब नागरिक माथि उठ्न नसक्ने गरी थला परेका टिप्पणी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस