प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कतार, यस्तो छ कार्यतालिका हेर्नुहोस्

फागुन १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल अति कम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाँदैछन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने जानकारी दिईन् ।

प्रधानमन्त्री दाहालले सो सम्मेलनलाई सम्बोधन गर्दैछन् । सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री दाहालले द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुने परराष्ट्र मन्त्रालयले बताएको छ । ४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्कने छन् ।

संम्बन्धित समचार

Leave a Reply