अभिनेता पल शाह थुनामुक्त

Post Thumbnail

फागुन १५, पोखरा । बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम पल शाहलाई रिहा भएका छन् । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएपछि नायक शाह जेलमुक्त भएका हुन् ।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो। शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेपछि शाह जेलमुुक्त भएका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस