रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन १५, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । सोमबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

रास्वपाले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा भने कुनै निर्णय गरेन। राष्ट्रपति निर्वाचनका विषयमा रास्वपा फर्क र हेरको नीतिमा रहेको एक नेताले जानकार दिए ।

सरकारकोम प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने राप्रपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै शनिबार नै सरकारबाट बाहिरिसकेकेको छ ।

माघ २२ गते नै सरकारबाट बाहिरिएको रास्वपाले भने सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस