पृथ्वीनारायण, एकीकरण र इतिहासको विपठन 

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २७, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

महेश पौड्याल (कवि तथा समालोचक)   

१. आज पृथ्वी दिवस । ‘राष्ट्रिय एकता दिवसै ‘ चाहिँ हो होइन, बहस होला । एकता हार्दिक र मानसिक कुरा हो । भूगोल त जोडे शाहले । मन जोड्न केही कसर बाँकी रह्यो कि? अथवा, व्याख्यामा कुनै कसर रह्यो कि? अथवा, उनका उत्ताराधिकारीले गरेका गल्तीको दोष उनीमाथि लाग्यो कि? भूगल र मन एकैचोटि जोड्ने नेता विश्वमै हुन्छ कि हुँदैन? के यो आदर्शवादी चन्तन् हो? हो भने, आजका थुप्रै ‘क्रान्तिकारी’ आदर्शविलाशी हुन् । मान्छे दोषसहित आउँछ, बाँच्छ ।

२. नेपालमा, सबै नेपालीको मन कसैले जोडेको देखिँदैन । बुद्ध व्यावहारमा खासै उतारिएका पात्र होइनन्, फगत एउटा फोटो बनाइएका, र बेला बेला राजनीति गर्ने पात्र बनाइएका पात्र । बीपी काङ्ग्रेसका । जनक मधेसका । फाल्गुनन्द किराँतीहरूका । प्रचण्ड, ओली, बाबुराम…दूरकी बात । यस्ता कित्ता बनाउने पनि कित्तावादीहरू नै हुन् । नेपालको राष्ट्र निर्माता को? राष्ट्रपिता को? उत्तर छैन । यस्तो व्यक्तित्व नभए पनि हुँदो हो । मलाई पनि थाह भएन ।

३.पृथ्वीले राज्य खोसे, मान्छे मारे । वीपीहरू भूमिगत युद्धमा लागे । अन्य शाह राजाहरूको शोषणको इतिहास छ । ओली, प्रचण्डहरूसँग पनि हिंसाको पृष्ठभूमि छ । ‘जनयुद्ध’ मा मारिएका अथवा घाइते पारिएका सबै सामन्त होइनन् । हजारौँ निर्दोष पनि परे । दूधले नुहाएको कुनै पात्र, एकताको सूत्रधार कतै भेटिएला कि नभेटिएला?

४. एकथरि मान्छे, पृथ्वीले बाइसे–चौबिसेलाई बलजफ्त जोडेको, र यसमा हिंसाको प्रयोग भएको कुरा स्वीकार्छन् । यो बाहेक उनको इतिहासको सबै कुरा नकार्छन् । यत्ति चैँ विश्वास गर्ने, र अरु चैँ नकार्ने अध्येता उपबुज्रुक अध्येता हुन् । एकाङ्गी हुन् । शङ्का गर्नेले, पृथ्वीले एकीकरण गरेको र हिंसा प्रयोग गरेको भन्ने कुरामाथि पनि शङ्का गुर्नु पर्ने होइन र? आखिर, त्यो ३०० वर्ष पुरानो कुरा देखेरै आएको को मान्छे छ आज? जुनबेला लेखकपढको सिलसिला नै सुरु भएकै थिएन नेपालमा, त्यस बेलाको कथित इतिहासलाई आफू अनुकूल विश्वास गर्ने, र आफ्नो तर्क कमजोर पर्छ कि भनेको ठाउँमा अविश्वास गर्ने औसरवादी पठन भैराछ इतिहासको । सबै इतिहासको पठन, आखिर एउटा ‘आस्तित्विक रणनीति’ हो, भनौँ, अनुकूलित सत्य हो । पृथ्वीले जोडे र मान्छे मारेरै गरे भन्ने कुरोचाहिँ किन विश्वास गर्ने? आखिर, त्यो कुरो पनि उनकै कुनै भाटले लेखेको त हो?

५. संसारमा कुनै पनि मुलुकको एकीकरण भजन गाएर भएको छैन । सबै युद्धका उपज हुन्, सबैमा कुनै न कुनै अनुपातको हिंसाको हात हुन्छ ।

पृथ्वी दिवस, राष्ट्रको एकीकरण र राजावाद पृथक विषय हुन् । पृथ्वी दिवसको पक्षमा यति धेरै नेपाली देखिए । यी सबै राजावादी भएका भए, अस्तिको चुनावमा राप्रपा एक नम्बरको पार्टी हुन्थ्यो नि । जनता आफैँ न्यायालय हुन् ।

६. अर्को पनि तर्क सुनियो – पृथ्वीनारायणलाई सम्झँदा अथवा राष्ट्रिय एकता दिवस मनाउँदा राजतन्त्रको समर्थन अथवा पुनरवापसीको कसरतलाई बल मिल्छ । यसको अर्थ, यसरी सोच्ने मान्छेलाई अहिलेको परिवर्तनमा विश्वासै छैन । राजतन्त्रपृथ्वी दिवस, राष्ट्रको एकीकरण र राजावाद पृथक विषय हुन् । पृथ्वी दिवसको पक्षमा यति धेरै नेपाली देखिए । यी सबै राजावादी भएका भए, अस्तिको चुनावमा राप्रपा एक नम्बरको पार्टी हुन्थ्यो नि । जनता आफैँ न्यायालय हुन् । नेपालबाट धुलिट्याम भैसकेको कुरामा शङ्का छ । एक मुठी कमरोज राजावादीहरूबाट डर छ ।

जसरी होस्, पृथ्वीले एउटा ठूलो मुलुक दिएकै हुन् नासोको रूपमा हामीलाई । उनको, र उनका सन्ततीको गल्तीको परिणाम त शाह वंशले भोगिसक्यो, मरिसक्यो । अब त्यो मुलुक खनजोत गर्ने, फूल फुलाउने, सुवास फैलाउने हाम्रो काम हो । जोडेको पृथ्वीले नै हो । उनलाई गाली गरेर आज हामीले निम्त्याएको गरिबी र विपन्नतालाई ढाकछोप गर्न सकिँदैन । कि उनले जोडेको मुलुकमा बस्दिनँ भनेर वहिष्कार गरेर अन्यत्रै जाने आँट गर्न सक्नुप-यो । कि त पृथ्वीलाई यो मुलुक जोडेको जश दिनुपर्छ । त्यसो गर्दा उनी महान, उनी देवता, उनी राष्ट्रपिता भनिएको भन्ने अर्थ कदापि लाग्दैन ।

बात बाँकी आजको पुस्ताको काम हो ।

ताजा अपडेट

खोजी गर्नुहोस