अस्पतालजन्य फोहोर बञ्चरेडाँडा पुर्याउनेलाई ५० हजार जरिवाना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन १६, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १६, काठमाडौँ । काठमाडौं महानगरपालिकाले अन्तिम फोहोर विसर्जन स्थल बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्याउनेलाई रु ५० हजार जरिवाना गरेको छ ।

कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्याएको भन्दै रु ५० हजार जरिवाना गरिएको कामपा वातावरण विभागका प्रमुख रबीनमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, कानुनले वर्जित गरेका फोहर साइटमा लैजाने जो सुकैलाई पनि कारबाही गर्छौँ । उक्त स्थानमा सबै किसिमका अस्पतालजन्य फोहरको व्यवस्थापनका लागि बन्देज गरिएको छ । उक्त फोहरहरू अन्य सामान्य फोहरभन्दा हानिकारक हुने भएकाले रोक लगाइएको विभागको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस