वातावरण सचेतना बढाउन `Rebirth our Environment´ कार्यक्रमको आयोजना हुने

Post Thumbnail

दिपू वर्णवाल _________

फागुन १६, वीरगंज । वातावरण जिउने आधारले प्रकृतिप्रति आम जनमानसमा सचेतना बढाउन `Rebirth our Environment´ भन्ने कार्यक्रमको आयोजना गर्न लागेको छ ।

कार्यक्रममा प्रकृतिप्रति सहभागीहरुमा सचेतना बढाउन पर्सा राष्ट्रिय निकुञ्ज भित्र जङ्गल अवलोकनका साथै विभिन्न रुख विरुवा सम्बन्धि अध्ययन संस्थाले गराउने भएको छ ।

कार्यक्रम यहि २०७९ चैत २१ गते देखि २३ गते सम्म तीन दिने हुने आयोजकले जनाएको छ। संस्थाका सदस्य दिवेश सरार्फका अनुसार सो कार्यक्रममा नेपाल र भारतका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

सो कार्यक्रममा सहभागी हुन संस्थाले आफ्नो अफिसियल पेजबाट रजिस्टर गर्न आग्रह गरेको थियो । रजिस्टर गर्नेको संख्या करिब ५००(६०० जना रहेको र सोबाट नेपाल, भारत गरी जम्मा ३० जनाको मात्र चयन गरिएको संस्थाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस