सेयर बजारमा भारी गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ फागुन १७, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १७,काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से बुधबार २ हजारभन्दा तल झरेको छ । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २४।४४ अंक घटेर १९९५ अंकमा कायम भएको हो । दिनभर कुल १ अर्ब २८ करोड रुपैयाँको मात्रै कारोबार भयो । यो रकम अघिल्लो दिनको तुलनामा १० करोड कम हो ।

बजारका सबै उपसमूहमा गिरावट आएको छ । बैंकिङ ७, विकास बैंक ५१, फाइनान्स १०, होटल तथा पर्यटन ४७, जलविद्युत् ३४, जीवन बीमा १५६, उत्पादन १११, माइक्रोफाइनान्स १०४, निर्जीवन बीमा ९७, अन्य १९ र ब्यापार उपसमूह २७ अंक घटे ।

आदर्श लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । बाराही हाइड्रोको ४.५ प्रतिशत बढ्यो । बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै ९.६ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ५.७, उन्नती सहकार्य लघुवित्तको ५.४, उपकार लघुवित्तको ५.४ र एनआईसी एसिया लघुवित्तको ५.१ प्रतिशतले मूल्य घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र युनिभर्सल पावर कम्पनी क्रमशः अगाडि रहे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस