राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

फागुन १७,काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले आठ दलका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका पौडेललाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

पौडेललाई सहयोग गर्ने निर्णय अहिलको सन्दर्भमा उपयुक्त भएको निष्कर्ष पनि बैठकले निकालेको छ। एकीकृत समाजवादीको संघीय संसदमा १८ जना र प्रदेशसभामा २५ जना सांसद छन्।

संम्बन्धित समचार

Leave a Reply