ग्यासको मुल्य बढेर आयो,इन्धनको भाउ घट्यो

फागुन १७,काठमाडौँ । नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य बढेको र डिजल तथा पेट्रोलको घटेर प्राप्त भएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।

अन्य सबै प्रकारका इन्धनको लागत घट्दा खाना पकाउने ग्याँसको लागत भने बढेको निगम स्रोतको दाबी छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।

पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ । निगमलाई गत आवको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमले दाबी गरेको छ । लागत मूल्यअनुसार नेपाली बजारमा इन्धनको मूल्य घटाउने वा बढाउने निर्णय भने निगमले गर्न बाँकी छ ।

संम्बन्धित समचार

Leave a Reply