राष्ट्रपति निर्वाचनमा दलहरु केन्द्रित, आज आठ दलको अभिमुखीकरण कार्यक्रम

फागुन १८,काठमाडौँ । नेपाली कांग्रेसले (आज) बिहीबार आठ दलीय गठबन्धनका संघीय सांसदहरुलाई काठमाडौंको तीनकुनेमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो ।

बिहीबार दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा अभिमुखीकरण कार्यक्रम हुन कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । उता नेकपा ९एमाले०का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन् । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारले मत मागिरहेका छन् । राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरू मतदाता हुन्छन् ।

संम्बन्धित समचार

Leave a Reply