म्यानचेस्टर युनाइटेड एफए कपको क्वार्टरफानलमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ फागुन १८, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १८,काठमाडौँ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई हराएर एफए कपको क्वार्टरफानलमा प्रवेश गरेको छ । बुधबार राति युनाइटेड ३–१ गोलले विजयी बनेको हो ।

साइद बेनराहमाले खेलको ५४ औँ मिनेटमा वेस्ट ह्यामलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, ७७ औँ मिनेटमा नायेफ अगुएर्डले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा फर्कियो । खेलको ९० औँ मिनेटमा अलेहान्द्रो गारानाचोले गोल गर्दै टोलीको पुनरागमन पुरा गरे । इन्जुरी समयमा फ्रेडले अर्को गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

युनाइटेडले आइतबार मात्र न्युक्यासललाई हराउँदै काराबाओ कप जितेको थियो । टोलीले एफए कप भने १२ पटक जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस