कान्ति लोकपथ मर्मत सम्भारका लागि आजदेखि बन्द

फागुन १८,काठमाडौँ । मकवानपुरको हेटौँडा र ललितपुर जोड्ने कान्ति लोकपथ मर्मत सम्भारका लागि आजदेखि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले कान्ति लोकपथको दुईतर्फी आवागमन आजदेखि चैत १० गतेसम्म २२ दिन बन्द गर्ने निर्णय गरेको थियो ।

कान्ति लोकपथ मर्मतका लागि सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग सञ्चालन गर्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

उहाँका अनुसार हेटौँडा–काठमाण्डौ चल्ने सुमोलगायतका साना गाडी सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सञ्चालनको व्यवस्था मिलाइएको छ ।

निर्णय अनुसार हेटौँडाबाट काठमाण्डौ आउन हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै एकतर्फी र काठमाण्डौबाट हेटौँडा जान थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी हुँदै एकतर्फी गाडी सञ्चालनको व्यवस्था गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply