धनगढीका बैंकहरुमा तालाबन्दी ! सुमार्गी भन्छन–’तत्काल बैँकको ब्याजदर सिंगल डिजिटमा झार्नुपर्छ’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ फागुन १८, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १८,धनगढी । कैलालीको धनगढीस्थीत शाखा बैंकहरुमा तालाबन्दी गरिएको छ। कैलालीका उद्योगी व्यवसायीहरुले धनगढीका बैंक शाखाहरुमा तालाबन्दी गरेका हुन्। बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दी गरीएको ब्यवसायी लोकेन्द्र लम्सालले बताए।

बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, जम्मा, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएका छन्। उद्योगी व्यवसायीहरुले व्यवसायीमाथिको आतङ्क बन्द गर, बैङ्कको ब्याजदरमा एकरूपता कायम गर, व्यवसायीमाथिको व्यापार बन्द गर लगायतका नाराहरू लगाउँदै आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।

कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले व्यवसायीहरु मार्कामा परेर आन्दोलित भएपनि राष्ट्र बैंक ब्याजदर घटाउन तर्फ मौन बसेको बताए।कैलालीका उद्योग व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाएका छन्। बैंकको चर्को व्याजदरविरुद्ध आन्दोलनरत रहेका उनीहरुले आज बैंक तथा बित्तीय संस्थामा पैसा जम्मा नगरेर विरोध जनाउने भएका हुन् ।

सुमार्गी भन्छन–’तत्काल बैँकको ब्याजदर सिंगल डिजिटमा झार्नुपर्छ’

भर्खरै मात्र उद्योग बाणिज्य महासंघको केन्द्रिय कार्यकारिणी समितीको बैठक बसेपछि महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले संस्थागत पुँजीहरु विभिन्न प्रकारका दलालहरु लगाएर बैँकका सिइयोहरुले १०.१,१०.१३ भनेर पैसा लगिरेका छन् यो गलत भएको बताए । उनले अनलाईन केन्द्रलाई भने–’जुन ढंगले बैँकहरुले पैसा असुली रहेका छन् , ब्याजदरलाई नघटाई डबल डिजिटमा ब्याज लगाइरहेका छन् यो तत्काल रोक्नपर्छ, राजयले हस्तक्षेप गर्नपर्छ ।’

सुमार्गीले सरकारको आर्थिक संस्थाको रुपमा रहेको सञ्चय कोष,सामाजिक सुरक्ष कोष, एनइएको पैसालाई चलायमान नबनाएको समेत बताए । उनले तत्काल बैँकले ब्याजदर सिंगल डिजिटमा लागु गर्नपर्ने समेत बताए । यता महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले व्यावसायिक वातावरणलाई विगार्दै लगिरहेको बताए । उनले –’यतिबला अर्थतन्त्रको मुख्य खम्बा भनिएको निजी क्षेत्रलाई ढाड सेक्ने र बैँकहरु मोटाउने स्थिती बनेको छ । यसको तत्काल समाधान खोजिनुपर्छ’

ताजा अपडेट

खोजी गर्नुहोस