कोशी प्रदेश नामकरणप्रति जसपाको विरोध, सङ्घर्षमा होमिने चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २०, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २०, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश १ को नाम कोशी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् । प्रदेश अध्यक्ष दीपक याक्खा र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कोसी प्रदेश नामकरणको विरोध गरेका हुन् ।

‘कोशी प्रदेश हुनुपर्छ भनेर कहीँ कतै आन्दोलन भएन । कहीँ कतैबाट नमागेको नाम जवर्जस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ प्रदेशको नाम ऐतिहासिक थाकथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने जसपा, नेपालले राख्दै आएको छ । ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म बलिदानपूर्ण सङ्घर्षका लागि होमिन बाध्य हुने छौँ, अध्यक्ष याक्खाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार पार्टी सम्बद्ध पहिचानमा आधारित राष्ट्रिय समितिले विज्ञप्ति जारी गरी ‘षड्यन्त्रपूर्वक कोसी प्रदेश नामकरण पछि त्यो क्षेत्रको राजनीतिक कोर्स परिवर्तन भएको र यस भूमिमा विद्रोहको दीर्घकालीन बीजारोपण गरेको उल्लेख गरिएको छ । सबै सरोकारवालाहरूसँग मिलेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने तथा घोषित कार्यक्रमहरूप्रति समर्थन रहने विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस