सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २०, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २०, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन् ।

राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेर गठबन्धनमा रहेका दलले फागुन १९ गते गोदावरीमा छलफल गरेका थिए । त्यहि छलफलका क्रममा फागुन २१ गते दिउसो १ बजे विश्वासको मत लिने सहमति भएको सांसद गीता चौधरीले बताइन् ।

राजेन्द्रसिंह रावल नेतृत्वको संयुक्त सरकारले विश्वासको मत नपाएपछि नेपाली कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनी नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका हुन् । यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने धारा १६८ को उपधारा ४ मा व्यवस्था गरिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार, फागुन २१ गते प्रदेश सभामा विश्वासको मत लिने व्यवस्था मिलाई दिन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहले सभामुखलाई पत्र पठाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस