चुनावमा अन्तर्घात गर्ने जसपाका ८० नेतालाई कारबाही गर्न सिफारिश

फागुन २०, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालले गठन गरेको छानबिन समितिले ८० जना नेतालाई कारबाही गर्न सिफारिश गरेको छ ।

गत मंसीर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात भएको भन्दै उजुरी परेपछि जसपाले शिवलाल थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले शनिबार बालकुमारीमा एक कार्यक्रम आयोजना गरी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको छ ।

छानबिनका क्रममा अन्तर्घातको आरोप लागेका १५२ जना नेता तथा कार्यकर्तासँग बयान लिएको थियो । जसमा केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ जना नेता थिए ।

उनीहरूमध्ये ८० जनालाई कारबाही गर्न सिफारिश गरिएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली पुगेर छानबिन गरेको थियो । यी जिल्लाका साथै  गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्यलाई पनि कारबाही गर्न सिफारिश गरिएको बस्नेतले जानकारी दिए।

संम्बन्धित समचार

Leave a Reply