सङ्कटमा सुदूरपश्चिम सरकार : मुख्यमन्त्री शाहले पाउलान् त विश्वासको मत ?

फागुन २१, धनगढी । संसदीय दलको बैठकमा माओवादी भित्र अधिकांश सांसदले आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा पहल गर्ने बताएपछि सुदूरपश्चिम सरकार सङ्कटमा परेको छ ।

कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा यसअघि आज नै नागरिक उन्मुक्ति पार्टीले पनि वर्तमान सरकारलाई सहमतिविना समर्थन गर्न नसक्ने बताइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति र माओवादी दुवैले विश्वासको मत नदिए कि एमालेको साथ लिनुपर्ने कि राजीनामा दिनुपर्ने दुई विकल्प मुख्यमन्त्री कमलबहादुर शाहलाई आईपर्ने देखिएको छ । नेकपा माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

आज बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको भएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply