एमबिबिएस भर्नामा गैरकानुनी शुल्क, नेशनल कलेजले बनाउछ दुई थरी बिल !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २९, आईतबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस २९,काठमाडौँ । चिकित्सा शिक्षा सुधारका लागि व्यापाक बहस भइर हेको बेला निजी मेडिकल कलेजहरुले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्याकामा ३८ लाख ५० हजार र उपत्याकाबाहिर ४२ लाख ४५ हजारसम्म व्यवस्था गरेको छ । तर, मेडिकल पठाउने मेडिकलहरुले १४ लाख बढी लिएको भेटिएको छ । वीरगञ्जस्थित नेपाल मेडिकल कलेजले एमबिबिएसका विद्यर्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क अशुलेको खुलेको छ ।

गत २६ असोजमा सरकारले एमबिबिएस उपत्याकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र काठमाडौं बारिहका कलेजलाई ४२ लाख ४५ हजार शुल्क निर्धारण गरे पनि नेशनल मेडिकल कजेलले ५५ लाख ८५ हजार ५ सय उठाएको भेटिएको हो ।

नेपाल मेडिकल कलेजले नियम मानेको देखाउन दुई थरी बिल बनाउने गरेको पनि सूचना चुहिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस