राष्ट्रपति निर्वाचन : एमालेले सांसदहरुलाई आज प्रशिक्षण दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २२, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २२, काठमाण्डौँ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले आज सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।

एमालेका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासमा तीनै तहका सांसदहरूको संयुक्त प्रशिक्षण हुँदै छ ।

प्रशिक्षणमा प्रतिनिधिसभा,राष्ट्रियसभा र सातै प्रदेशका प्रदेशसभाका सांसदहरू उपस्थित हुनेछन् ।

प्रशिक्षणमा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण दिने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस