आजको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर, युरोको बढ्यो

फागुन २२, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा तोकिएको छ।

युरोपियन युरोको भाउ भने बढेको छ। युरोपियन युरोको खरिददर १३९ रुपैयाँ १५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ। आइतबार युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४६ पैसा रहेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५७ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद ८८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ २५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६९ पैसामा पाइन्छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६३ पैसा र विक्रीमा १० रुपैयाँ ६७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ०२ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

संम्बन्धित समचार

Leave a Reply