यु-१७ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

फागुन २३, काठमाडौँ । आगामी २० मार्चबाट बंगलादेशमा सुरु हुने यु १७ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । ३१ मार्चसम्म हुने प्रतियोगिताका लागि २० सदस्यीय टिमको घोषणा गरिएको हो ।

मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार नेपाली टोलीको घोषणा गरेकी हुन् । रानाको नेतृत्वमा यु १५ राष्ट्रिय महिला टोलीले बंगलादेशमा भएको साफ यु १५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो । दक्षिण एसियाली फुटबल महासंघ साफले युइएफए असिस्ट प्रोग्रामअन्तर्गत प्रतियोगिता आयोजना गर्दैछ ।

संम्बन्धित समचार

Leave a Reply