नौ दलीय गठबन्धनले मतदातालाई प्रशिक्षण दिने, बुधबार काठमाडौं आइपुग्‍न निर्देशन

फागुन २३, काठमाडौँ । सत्ता गठन्धनमा रहेका दलहरुले राष्ट्रपति निर्वाचनका सम्दर्भमा आफ्ना मतदातालाई प्रशिक्षण दिने भएका छन्। यसका लागि मतदानमा सहभागी हुने सदस्यहरुलाई बुधबार ११ बजेसम्म काठमाडौं आउन भनिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको सत्ता गठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकले यसपटक यसअघि भन्दा फरक ढंगले राष्ट्रपतिको निर्वाचन हुन लागेकाले आवश्यक प्रशिक्षण दिने निर्णय गरेको हो । बैठकपछि कांग्रेस उपसभाति पूर्णबहादुर खड्काले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदानका लागि प्राविधिक तयारी गरिएको जानकारी दिए ।

निर्वाचनसंग जोडिएका बिषयसंग सम्बन्धीत बिषयमा छलफल भएको र आवश्यक तयारी गर्ने निर्णय भएको उनले बताए । उनले देशभरबाट आएका मतदाताहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम तय भएपनि निर्वाचन आचारसंहिता लागू भएकाले सो कार्यक्रम स्थगीत भएको जानकारी दिए ।

त्यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले निर्वाचनका सम्बन्धमा गर्नुपर्ने सवै कामलाई व्यवस्थीत गर्न सम्बन्धीत दलले तयारी गर्ने निर्णय भएको बताए। उनले निर्वाचनमा कुनै समस्या नरहेको र आफ्ना पक्षमा धेरै मत खस्ने दाबी गरे ।

संम्बन्धित समचार

Leave a Reply