ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन २४, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।

आज सुनको मूल्य प्रति तोला १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply