नेकपा एमालेका दुई सचिव प्रचण्डको पक्षमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २४, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २४, काठमाडौँ । नेकपा एमालेका दुईजना पदाधिकारीले द्वन्द्वकालीन मुद्दाहरू अदालतमा दर्ता गरे त्यसले जटिलता थप्ने बताउँदै पूर्व कमान्डर प्रचण्डको बचाउ गरेका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष अघि बोलेको कुरालाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि उनीहरूको यो धारणा बाहिर आएको हो ।

एमाले सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्टले विस्तृत शान्ति सम्झौता विरुद्ध गए अर्को द्वन्द्व सुरु हुने भन्दै अदालतमा मुद्दा दर्ताको विषयलाई विस्तृत शान्ति सम्झौताको मर्म विपरित भएको भनेका छन्। उनीहरूले सार्वजनिक अभिव्यक्ति दिन थाले पनि एमाले पार्टी भने यो विषयमा केही नबोल्ने पक्षमा देखिन्छ।

प्रधानमन्त्री प्रचण्डका विरुद्ध मंगलबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो । यो विषयमा माओवादी धारका पूर्व नेताहरूले सशक्त प्रतिवाद गरेका छन्। नेपाली कांग्रेसले पनि त्यसलाई गलत भनेको छ भने नेकपा एमाले मौन छ । तर, पार्टी मौन बस्दा पनि पार्टीका सचिवद्वयय रायमाझी र भट्ट भने बोलेका छन्। तर, एमालेका उपाध्यक्ष रहेका जनयुद्धका अर्का कमान्डर रामबहादुर थापा बादल भने यो विषयमा चुप छन् ।

माओवादी धारका नेताहरू प्रचण्डसहित डा।बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला, गोपाल किराँती, आहुतीलगायत नेताहरूले यो विषयलाई गम्भीरताका साथ लिनुपर्ने भन्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस