नेपाल मजदुर किसान पार्टी पनि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २५, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २५, काठमाडौँ । नेपाल मजदुर किसान पार्टी बिहीवार जारी राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । बिहीवार बिहान बसेको केन्द्रीय सचिवालयको बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।

राष्ट्रपतिमा उम्मेदवार दिएका नेपाली कांग्रेस र नेकपा एमालेले नेपालका हितविपरित भएका सम्झौताहरू खारेज गर्ने प्रतिवद्दा नजनाएकाले निर्वाचनमा सहभागी नहुने मजदुर किसान पार्टीले जनाएको छ ।

कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन् । राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धी छन् । मतदान दिउँसो ३ बजेसम्म चल्ने र ७ बजेसम्ममा परिणाम आइसक्ने बताइएको छ । त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाले पनि निर्वाचनमा भाग नलिने घोषणा गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस