प्रधानमन्त्री दाहाल १ बजे मतदान केन्द्र जाँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ फागुन २५, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन २५, काठमाडौँ । तेस्रो राष्ट्रपति चयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिउँसो १ बजे मतदान केन्द्र जाने भएका छन् ।

राष्ट्रपतिका लागि भर्खरै नयाँ बानेश्वरस्थित संसद भवनमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । नौ दलिय समर्थन पाएर उम्मेदवार बनेका पौडेलले पहिलो मतदान गरेका हुन् । निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस