आईसीसी क्रिकेट विश्वकप लिग टू : नेपालले दियो पीएनजीलाई २९८ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ फागुन २५, बिहिबार (१ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

फागुन २५,काठमाडौँ ।आसिफ शेखले एक दिवसीय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजी लाई २९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको हो । नेपालले ओडीआई क्रिकेटमा बनाएको यो अहिलेसम्मको ठूलो स्कोर हो ।

यसअघि कीर्तिपुरमै लिग टू मा नामिबिया विरुद्ध नेपालले ठूलो लक्ष्य पछ्याउने क्रममा २८७ रन बनाएको थियो ।

नेपालका लागि आसिफले ११० बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस