राष्ट्रपति चयनका लागि मतदान सम्पन्न, ४ बजेदेखि मतगणना सुरु गरिने

फागुन २५, काठमाण्डौँ । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । चुनावको मतगणना ४ बजेपछि हुने भएको छ ।

राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो । बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने निर्णय बैठकमा भएको छ ।

संम्बन्धित समचार

Leave a Reply