नायिका सुरक्षा पन्तले कसिन् प्रेमी मानवसँग लगनगाँठो

काठमाडौँ । नेपाली चलचित्रकी नायिका सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी छिन् । चितवन सौराहास्थित एक रिसोर्टमा उनीहरूले विवाह गरेका हुन् ।

केही आफन्त र निकट साथीभाइको मात्रै उपस्थितिमा उनीहरूको वैवाहिक कार्यक्रम भएको बुझिएको छ। सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् । तस्वीरमा सुरक्षाले आफ्नो विवाहको रमझम र ड्रेस सहितको फोटो सार्वजनिक गरेकी छिन्। जसमा उनले सुन्तला रङको सारी र उनका प्रेमी दुलाहा मानवले चाहिं वैजनी रङको कोट र दौरा सुरुवाल लगाएका छन् । तस्वीरमा दुवै जना खुसी देखिएका छन् ।

उनीहरूको विवाह कार्यक्रमा कुनै पनि सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन । उनीहरूले काठमाडौं फर्किएपछि रिसेप्सन दिने तयारी गरेको कुरा आफन्तलाई बताएका छन्। जहाँ मिडिया र चलचित्र क्षेत्रका साथीहरूलाई समेत निम्ता गरिने छ । कलाकारसमेत रहेका प्रेमी मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए। यो उनीहरूले नै सार्वजनिक गरेका थिए। भड्किलो विवाह नगर्ने सहमतिअनुसार मानव र सुरक्षाका नजिकका आफन्त र परिवार मात्रै बिहेमा उपस्थित छन् ।

संम्बन्धित समचार

Leave a Reply