चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन संसदमा पेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २९, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

२९ पुस, काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धी संसदको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन संसदमा पेश भएको छ । आइतबारको संसद बैठकमा सभापति जयपुरी घर्तीले प्रतिवेदन पेश गरेकी हुन् ।

संसदको गत भदौ १३ गतेको बैठकले चिकित्सा शिक्षा विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो ।

समितिले असोज ११ गते विधेयकमाथि परेका संशोधन र सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेश गर्न १० सदस्यीय उपसमिति गठन गरेको थियो ।

उपसमितिले १५ वटा बैठक गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्री, संशोधन पेश गर्ने सांसद र विज्ञसँगसमेत छलफल गरी पुस २३ गते समितिलाई प्रतिवेदन बुझाएको थियो ।

त्यसपछि उक्त प्रतिवेदनलाई पुस २५ गते शिक्षा तथा स्वास्थ्य समितिको बैठकले पुस २५ गते बहुमतले पारित गरेको थियो । समितिबाट पारित भएको विधेयक सरकारले आफूसँग गरेको सहमतिविपरीत भएको भन्दै पुस २५ देखि नै डा। गोविन्द केसी अनशनमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस