संसदबाट तीन विधेयक सर्वसम्मतिले पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २९, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

 

पौष २९, काठमाडौं । प्रतिनिधिसभाले आइतबार तीन विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ।

आईतबार बसेको प्रतिनिधिसभाको बैठकले संकटापन्‍न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन ) विधेयक २०७५, भुक्तानी तथा फस्र्यौट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५लाई सर्वसम्मति पारित गरेको हो।अब यी विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि ऐन बन्नेछन् र प्रमाणिकरण भएकै दिनदेखि लागू हुने छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संसोधन प्रतिवेदन सहित संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन ) विधेयक २०७५ र अर्थसमितिको प्रतिवेदन सहित भुक्तानी तथा फस्र्यौट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५ सर्वसम्मति पारित भएको हो ।

त्यसैगरी, बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पेस भएको छ। शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको प्रतिवेदन सहित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गरेका हुन।

बैठकमा सरकारले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ लाई पेस गरेको छ। सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापाले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ प्रस्तुत गर्नुभएको हो।

राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले पेस गर्नुभएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि गृहमन्त्री थापाले सो विधेयक बैठकमा पेस गरेका थिए।

त्यसैगरी “नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५” लाई बैठकले स्वीकृत गरेको छ।

कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले “नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति स्वीकृत गरेको हो।अर्को बैठक माघ ४ गते शुक्रबार १२ बजेका लागि बोलाईएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस