आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ फागुन २८, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २८,काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट गरिएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका आइतबार बिहान क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।

उक्त कम्पनीको आईपीओ १६ हजार ९ सय ७० जनाले १०-१० कित्ता र पाँच जनाले ११-११ कित्ताका दरले पाउने छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट http://www.sunrisecapital.com.np/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट https://www.aatmanirbhar.org.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस