नीजि स्तरका विद्यालयमा पनि राज्यले लगानी गर्नुपर्छ : सांसद प्रदिप पौडेल

फागुन २८, काठमाण्डौँ । नेपाली काँग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलले प्रविधि मैत्री र प्रतिस्पर्धात्कम अबस्था आएकाले समयानुकल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताए । सरकारी विद्यालयको साथै नीज स्तरका विद्यालयको विद्यार्थी शुल्क पनि राज्यले तिरिदिनु पर्ने आबश्यकता औल्याएका छन् ।

शनिबार ज्ञान चक्षु ईङ्लिस स्कुलको १७ औ वार्षिक उत्वस तथा अभिभावक दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका नेता पौडेलले सरकारी विद्यालय भन्दा नीजि स्तरका विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो बताए । तर नीजि विद्यालयको शुल्क महंगो भएको र अभिभावकले तिर्न कठिन भएकोले यसमा पनि राज्यको लगानी आवश्यक रहेको उनले औल्याएका हुन् । प्रमाणपत्र मुखी भन्दा पनि नेतृत्व गर्ने शिक्षा आजको आवश्यकता रहेको बताउँदै उनले प्रतिस्पर्धात्कम शिक्षाबाट नै दक्षा जनशक्ति उत्पदान हुने भएकले यस प्रति विद्यालयले जोड दिनुपर्ने बताए ।
कार्यक्रमका सभापति तथा विद्यालयका संस्थापक निर्देशक रमेश श्रेष्ठले ज्ञान चक्षु ईङ्लिस स्कुललाई बोलेर मात्र नभई कामले गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए । उनले विद्यालयको गुणस्तरलाई उकास्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक तीनै पाटाको महत्वपूर्ण भुमिका हुने भएकाले त्यो अवस्था यस स्कुलमा भएकाले काठमाडौं उपत्यकाको उत्तरीभेगको उत्कुष्ठ हुन सफल भएका बताए । उनले निकट भविष्यमा नै शैक्षिक पूर्वाधारयुक्त विद्यालयको आफ्नै भबन निर्माण हुने खुलासा गरे । हाल प्लेग्रुपदेखि १० कक्षा सम्म मात्र भएकाले प्लस टु सम्म सञ्चालन गर्ने उद्घोष गरे ।
विद्यालयका प्रधानाध्यापक मिन कुमार कोइरालाले भावि शैक्षिक योजना प्रस्तुत गर्दै विद्यालयले दिएको महत्त्वपूर्ण जिम्मेवारीलाई आत्मसात गर्दै अगाडि बढ्ने बताए । उनले विगतको अनुभव र आजको आवश्यकतालाई आत्मसात गर्दै विद्यालयलाई नम्बर १ बनाउने आफु दत्तचित्त भएका लाग्ने बताए । उनले न्युनत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न स्कुल सक्षम रहेको दावी गरे ।
कार्यक्रममा वरिष्ठ गायक हेमन्त शर्मा, राष्ट्रिय कलाकारहरु रिता के.सी., जादुकर शेर बहादुर गुरुङ्ग, नृत्याङ्ग शुसिला थापा लगायतले आ–आफ्नो प्रतिभा देखाई कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो ।
कार्यक्रममा प्रमुखअतिथि तथा अतिथि, कलाकार तथा समाजसेवीहरुलाई मायाको चिनो प्रदान गरिनुकासाथै विद्यार्थीहरुले नाचगान तथा खेलकुदका कार्यक्रम गरि आफ्नो प्रतिभा प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा विद्यालयका शिक्ष, कर्मचारी पुरस्कार प्रदान गरिनुका साथै विद्यालयको अतिरिक्त क्रियाकलामा सहभागि उत्कृष्ठ विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य कल्पना शर्मा, नेकपा एमालेका जिल्ला कमिटि सदस्य नारायण भाई श्रेष्ठ, मनास्लु वल्र्ड कलेजका प्रचार्य राजन श्रेष्ठ, व्यवस्थापन समिति सदस्य शावित्री बस्नेत श्रेष्ठलगायतको उपस्थित ।
२०६२ सालमा स्थापित ज्ञान चक्षु स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु प्रदान गर्दै आइरहेको छ । २१ औं शताब्दीको समय सापेक्ष र प्रविधि मैत्री, शान्त वतावरण, अनुभवी शिक्षक शिक्षीकाबाट पठन पाठन गरिने भएकाले सबै भविभावकको रोजाईमा परेको छ ।

संम्बन्धित समचार

Leave a Reply