ज्ञानदीप शिक्षा सदनको १७औं अभिभावक दिवस तथा पुरस्कार बितरण एवं स्रस्टा सम्मान कार्यक्रम

फागुन २८, काठमाण्डौँ । स्थित ज्ञानदीप शिक्षा सदनले स्थापनाको १७ औँ अभिभावक दिवस ,पुरस्कार बितरण , सम्मान तथा वार्षिक उत्सव मनाएको छ । महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता एवं प्रोग्रेशिभ एजुकेशनल फोरमकी अध्यक्ष तथा बिद्यालयकी प्राचार्य एवं समालोचक सीता भट्टराईको सभापतित्वमा एवं कवि गोबिन्दप्रसाद घिमिरे बेदमणि, कवि गीता कार्की,समाजसेवी सूर्यबहादुर श्रेष्ठ,तथा कवि तथा समालोचक डा. रमेश शुभेक्षुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुप्रसन्ना भट्टराई काठमाण्डौ प्याब्सनका बरिष्ठ उपाध्यक्ष नवराज भट्ट,फैका तथा कागेश्वरी प्याब्सनका अध्यक्ष श्रीराम दाहाल,काठमाण्डौ प्याब्सनका सदस्य सुशिल प्रसाई,कवि मेनका पोखरेल,साहित्यकार उपमा आचार्य , मोक्षदा बिद्यालयका प्राचार्य पुरुषोत्तम महर्जन, दुर्गा भवानी बिद्यालयका प्राचार्य लम्बोदर घिमिरे, प्रा.डा. दुर्गाप्रसाद अर्याल, प्रा.कोषराजन्यौपाने , साझा प्रकाशनका पूर्वमहाप्रबन्धक प्रह्लाद पोखरेल तथा निबन्ध आचार्यको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्रीय गान तथा प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरि शुरू गरिएको उक्त कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुप्रसन्ना भट्टराईद्वारा स्वागत मन्तव्य राखिनुका साथै बिद्यालयका ९ र १० कक्षाका बिद्यार्थीहरुद्रारा स्वागत गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा कवि गोबिन्दप्रसाद घिमिरे ‘बेदमणि ‘ साहित्यकार गीता कार्की, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने तथा गौरीनगर सुधार समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठ लाइ माला खादा दोसल्ला तथा सम्मान-पत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा कवि तथा समालोचक डा.रमेश सुभेक्षुले सम्मानित ब्यक्तित्व हरुका बारेमा संक्षिप्त प्रकाश पार्दै सम्मानित ब्यक्तित्वहरुले नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिएकाले साहित्य कलाको माध्यमबाट मानव जीवनमा विशिष्ट सन्तुष्टि प्राप्त हुने विचार व्यक्त गर्दै उपस्थित सबैलाई न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रमबारे प्रकाश पारेका छन् भने सम्मानित भएका ब्यकत्तित्व गोबिन्दप्रसाद घिमिरे ‘बेदमणि’ ले साहित्यकार हरुको प्रमुख केन्द्र मानिएको प्रज्ञा प्रतिष्ठानले साहित्य कर्ममा सक्रिय साहित्यकार हरुलाइ उनिहरुको योगदानका आधारमा गर्नुपर्ने प्रोत्साहन लाइ शिक्षासेवी तथा साहित्यकार सीता भट्टराइले मनन गरेर आफूहरुलाइ गर्नु भएको सम्मानको खुलेर प्रशंसा गरेका छन् । यसैक्रममा कवि तथा साहित्यकार गीता कार्की द्वारा कविता बाचन गरिनुका साथै विद्यालयका नर्सरी, एलकेजी , युकेजी १० कक्षाका बिद्यार्थी लगायत शिक्षिका हरुले नृत्य प्रस्तुत गरेका थिए ।

ज्ञानदीप शिक्षा सदनले आयोजना गरेको उक्त कार्यक्रममा आफ्ना नानीबाबु हरुलाइ नियमित गृहकार्य गराउने सरसफाइ लगायत अनुशासित र नियमित बिद्यालय पुग्नुका साथै समयमै शुल्क बुझाउने योग्य अभिभावकलाइ समेत सम्मान गरेको छ । सम्मानित अभिभावकहरु निशा/ रमेश खकुरेल, गीता/ दीपेन्द्र खड्का, सीता/ दीलनाथ घिमिरे, राधिका / राजु लामिछाने , रीता/ प्रमोद खड्का रहेका छन् । यसै क्रममा बिद्यार्थीहरुमाझ पनि बिभिन्न बिधामा एकेडेमिक पुरस्कार बितरण गरिएको जनाइएको छ । सवै भन्दा बढि जिपिए 4 ल्याउन सफल नर्सरीका शिक्षा कटुवाल प्रथम दिप्सल खड्का द्वितीय र प्रिंस मगर तृतीय यसै गरि एल केजीका एकता झा/ एलेन कार्की, श्रमन सेन्चुरी,आरियाना पौडेल , यू केजीका अनुष्का घिसिंग/ रबिना खड्का, आयुष लामा कृष्ण श्रेष्ठ क्रमशः प्रथम ,द्वितीय र तृतीय भएका छन् । यसैक्रममा कक्षा एक अन्तर्गत प्रिंस खड्का/कौशल पराजुली, अभिषेक लामिछाने , सुबिन चौलागाईं, तथा कक्षा दुई बाट क्रमश आयुष भण्डारी, सम्भव अर्याल, समिप सापकोटा का साथै कक्षा तीन बाट भव्य झा, आयुष्मा बुढाथोकी कास्की शाह प्रथम द्वितीय र तृतीय भइ पुरस्कृत भएका छन् । साथै अन्य बिविध बिधामा उत्कृष्ट रहेका बिद्यार्थी हरुलाइ समेत पुरस्कृत गरिनुका साथै बल पासिंग खेलमा बिजेता बनेका अभिभावक समेत लाइ पुरस्कृत गरिएको थियो । कार्यक्रमको बीचमा बिद्यार्थीहरु द्वारा तेक्वन्दो मार्सल आर्टको कला प्रस्तुति, समेत गरिएको थियो ।

सो कार्यक्रम शिक्षक/ शिक्षिका बिष्णु कोइराला र सुशिला बस्नेतद्वारा संयुक्त रुपमा सहजकर्ताको भूमिका आकर्षक ढङ्गले निर्वाह गर्नुका साथै सभाध्यक्ष सीता भट्टराईले कार्यक्रम समापन गर्ने क्रममा शिक्षा चेतनाको मूल हो , भविष्यका कर्णधार बालबालिका हरुमा शैक्षिक गतिविधिले सकारात्मक प्रभाव पार्नुका साथै अशल नागरिकको भूमिका निर्वाह गर्न सघाउ पुग्ने बिश्वास ब्यक्त गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply