सिन्धुलीको फिक्कलमा बस दुर्घटना : मृतक संख्या छ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २८, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन २८, काठमाण्डौँ । मध्ये पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाँउपालिका ४ कुईभिरमा आईतबार विहान भएको बस दुर्घट्नामा मृत्यु हुनेको सङख्या छ पुगेको छ ।

दुर्घट्नामा परि २९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । उनीहरुको घट्नास्थलमा नै मृत्यु भएको प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार ओखलढुङगा जिल्लाबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस उक्त ठाँउमा दुर्घट्ना भएको हो । 

मृतकको सनाखत गर्न बाँकी रहेको पनि उनले बताए । बसमा चालक सहित ३५ जना सवार थिए । घाईतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेकाले उनीहरुलाई हेलिकोप्टर मार्फत काठमाडौं पठाउने तयारीमा छ । बाँकी घाईतेहरुको उद्धार गरि उपचारका लागि खुर्कोट अस्पताल पठाइएकोसमेत प्रहरी उपरिक्षक सिलवालले जानकारी दिए ।  बसको ब्रेक फेल भएर दुर्घट्ना भएको हुनसक्ने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस