वीरगञ्जको महाविर मन्दिरदेखि पूर्वतिरको सडक मर्मतको काम सुरु

Post Thumbnail

दिपू वर्णवाल ____________

फागुन २८, वीरगञ्ज । वीरगञ्जको महाविर मन्दिरदेखि पूर्वतिरको सडक मर्मतको काम सुरु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले महावीर मन्दिरदेखि पूर्वतर्फको बाटो हुँदै २ नम्बर रोडको चौकसम्म पेवर्स ओछ्याउने कामको सुरुवात गरेको हो ।

वडा कार्यालयले २२ लाख २१ हजार ४ सय ७९.३८ रुपैयाँको लागतमा सडकको स्तरोन्नती गर्न लागेको हो । जसमध्ये वडा कार्यालयले १९ लाख ९९ हजार ३ सय ३१.४४ रुपैयाँ व्योहोर्ने छ भने जनसहभागिताबाट २ लाख २२ हजार १ सय ४७.९४ रुपैया व्यहोर्ने वडाअध्यक्ष जयप्रकाश अग्रवालले जानकारी दिए ।

फागुन २५ गते उपभोक्ता समितिकी अध्यक्ष नेहा अग्रवालसँग २०८० जेठ ३२ गते सम्पन्न गर्ने गरी वडा कार्यालयले सम्झौता गरेको छ । उक्त सडक स्तरोन्नती भएपछि त्यस भेगका २ सय जनाले सहज रुपमा आवतजावत गर्ने वडाअध्यक्ष अग्रवालको विश्वास छ । आफ्नो वडालाई सुन्दर र सफा बनाउने योजनाबमोजिम सडकको स्तरोन्नती सुरु गरिएको अग्रवालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस