मच्छिन्द्र बहुमुखी क्याम्पसमा नेवि संघ र अनेरास्ववियूको संयुक्त प्यानल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ फागुन २८, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २८,धादिङ । धादिङको धुनिवेशीमा रहेको मच्छिन्द्र बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेवि संघ र एकिकृत समाजवादी निकट अनेरास्ववियूको प्यानल घोषणा भएको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा प्यानलसहित उम्मेदवारी दर्ता भएको हो । जसमा नेवि संघले सभापतिसहित २ सदस्य र अनेरास्ववियूले सचिव,कोषाध्यक्षसहित ४ सदस्य पाउनेछ ।

कांग्रेस र नेकपा एसबीच आज भएको छलफलले नेवि संघका राजेश भट्टराईलाई सभापतिको उम्मेदवार बनाएको छ । त्यसैगरी सचिवमा अनेरास्ववियूकी एलिसा भण्डारी,कोषाध्यक्षमा अनेरास्ववियूका सुर्य तामाङको उम्मेदवारी रहेको छ । त्यसैगरी सदस्यहरुमा नेविसंघबाट अभिषेक पाठक र सञ्जु खड्का रहेका छन् । यता अनेरास्ववियूबाट उत्सव गौतम,रेश्मा गिरी, सुष्मा सुनार र सुनिल उप्रेती रहेका छन् ।

यता नेकपा माओवादी केन्द्र र नेकपा एमालेको भातृ संस्था अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले पनि अनिल उप्रेतीको नेतृत्वमा संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस