राष्ट्रसंघले भन्यो_’तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाखले रोजगारी गुमाए’

फागुन ३०, काठमाडौँ । तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाख जनाले रोजगारी गुमाएको पाइएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रमिज अलअक्बरोभले पछिल्लो १८ महिनामा ७ लाख जनाले रोजगारी गुमाएको जानकारी दिएका हुन् ।

अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार सो अवधिमा अफगानिस्तानको कूल आयमा ३५ प्रतिशतको गिरावट देखिएको छ । पत्रकार सम्मेलनका क्रममा विशेष प्रतिनिधि अलअक्बरोभले अफगानिस्तानका ६५ प्रतिशत जनसङ्ख्यालाई तत्काल मानवीय सहायता आवश्यक रहेको समेत उल्लेख गरेका छन् । यसबाहेक मुलुकका दशौँ लाख मानिसहरु प्रलयकारी भोकमरीको जोखिममा रहेको समेत उनको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply