‘जनताप्रति इमानदार रहँदासम्म मात्रै पार्टी र नेताहरुको औचित्य रहन्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २९, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक रुपमा देशमा आएको अवसरको सदुपयोग हुन नसके त्यो उल्टिने खतरा रहेको बताएका छन् ।

राजधानीमा आइतबार भएको कार्यक्रममा उनले इतिहासमै पहिलो पटिक त्यस्तो अवसर मिलेको भन्दै नेतृत्वले परिणाममुखी काम गर्न नसके परिवर्तन उल्टिने खतरा रहेको बताए ।

‘पार्टीहरु जनताले नै बनाउने हो, उनले भने, ‘जनताप्रति वफादार र इमानदार रहँदासम्म मात्रै पार्टी र नेताहरुको औचित्य रहन्छ ।’ जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न नसकेका दिन पार्टी र नेताहरुको औचित्य समाप्त हुने उनको भनाइ थियो ।

चुनौती, अवसर र परिवर्तनलाई नेतृत्व तहले स्थायी रुपमा जनतामा फलदायी बनाउने गरी काम गर्न नसकेको समेत उनले स्वीकार गरे ।

कार्यक्रममा उनले देशभक्त गणतन्त्र सम्मानबाट विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस