सुनको मूल्य ह्वात्तै बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन ३०, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दै गइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

आज सुनको मूल्य प्रति तोला १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको मूल्य प्रति तोला १ लाख ४ हजार १ सयरुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। तिन दिनमा सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढेको छ ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४५ रुपैयाँले बढेको छ। सोमबार चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

संम्बन्धित समचार

Leave a Reply