एसपी ऋषिराम कँडेललाई छानबिनबाट सफाइ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ फागुन ३०, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ३०,काठमाडौँ । पश्चिम नवलपरासीका तत्कालीन एसपी ऋषिराम कँडेललाई प्रहरी प्रधान कार्यालयले सफाइ दिएको छ । तस्करलाई सघाएको आरोपमा पुस २० मा प्रहरी प्रधान कार्यालयले छानबिनका लागि उनलाई पश्चिम नवलपरासीबाट फिर्ता बोलाएको थियो ।

पश्चिम नवलपरासी स्थित नेपाल–भारत सीमाबाट हुने तस्करीलाई कँडेलले खुला गरेको आरोपसहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । छानबिनबाट कँडेलले त्यस्तो गतिविधि गरेको पुष्टि नभएको प्रहरी प्रवक्ता (डिआईजी) पोषराज पोखरेलले बताए । कँडेल २०७८ चैतमा नवलपरासीमा सरुवा भएका थिए । छानबिनपछि उनलाई कोशी प्रदेश प्रहरी कार्यकालमा सरुवा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस