तीन वर्षअघि रिलिज स्थगित भएको ‘नीरफूल’ जेठ १९ गते प्रदर्शन हुँदै

काठमाडौँ । कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

विसं २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण फिल्महल बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो ।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेका प्रयत्नमा आधारित सो फिल्म फूलमान वलले निर्देशन गरेका हुन् । ।

रुबिभ्याली र काठमाडौँमा छायाङ्कन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छयोइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गरेका छन् । फिल्मिमा म्यान्मारका तत्कालीन राजदूत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई विशेष भूमिकामा हेर्न सकिन्छ ।

“भूकम्पपछिको भौतिक पुनर्निर्माणतिर त सबैको ध्यानको गयो, तर भत्किएका मन र भत्किएका सम्बन्धको पुनर्निर्माणतिर कसैको ध्यान गएन”, फिल्मको कथा वस्तुबारे निर्देशक वलले भन्नुभयो, “नीरफूलले तिनै भत्किएका मन र सम्बन्धको पुनर्निर्माणको कथा भन्छ ।” फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको निर्देशक वलले जानकारी दिए । ।

संम्बन्धित समचार

Leave a Reply