‘मृत्युदण्डपछि सच्याउने ठाउँ कहाँ छ ? नेपालमा मृत्युदण्डको कानुन स्वीकार्य हुँदैन’ : अध्यक्ष ओली

फागुन ३०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरु कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन् ।

काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताए । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकोले आफू मृत्युदण्डको पक्षमा नरहेको उनको तर्क छ । बुद्ध जन्मेका देशका वासीन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान नहुने समेत उनले बताए ।

अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताए ।

संम्बन्धित समचार

Leave a Reply