‘फन्दा’ लिएर आए बर्तौला (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ पौष २९, आईतबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाडौं । ठेट नेपाली झर्रा शब्दहरु प्रयोग गरेर बनेका गीतहरुले बजार पिटीरहेको आजको समयलाई चिनेर रविन बर्तौलाले पनि ‘फन्दा’ नामक एल्बम लिएर बजारमा आएका छन् ।

‘एक मने को दही मिठो’ बोलको गीतको म्युजिक भिडियो चर्चित निर्देशक गम्भिर बिष्टको निर्देशनमा हाईलाईट्स नेपालको युटुब च्यानलबाट गएको बुधवार रिलिज भएको छ । अरुण तिवारीको शब्द रहेको यस गीतमा दीपक शर्माको संगीत छ ।

यो गीत यो समाचार लेख्दा सम्ममा १ लाख ६३ हजार ५०१ पल्ट हेरी सकिएको यो भिडियोमा मोडेल मरिश्का पोखरेलको र गायक स्वयमको पनि ठेट नेपाली सैली र बान्कीले भरिएको अभिनय हेर्न सकिन्छ ।

श्रीजना कालेज अफ फाइन आर्ट्स बाट संगीतमा अध्ययन गरेका बर्तौलाको घर भने हेटौंडा ११ हो । हेटौंडा बाट पप ब्यान्ड बाट आफ्नो संगीत यात्रा सुरु गरेका रविन ब्यबसाहिक रुपमा इन्जिनियर हुन् ।

नेपाल तथा युरोपका बिभिन्न देशहरुमा आफुलाई साङ्गितिक रुपमा प्रस्तुत गरिसकेका बर्तौला निकै मधुरो स्वरमा सबैलाई मन्त्रमुघ्द हुने गरी गाउछन् । कुनै समय नेपाल आईडियल बाट प्रख्यात भएका संगीत गुरु रमेश पोखरेललाई आफ्नो मूल गुरु मन्ने बर्तौलाले गुरुदेव कामद सँग पनि संगीतको शिक्षा लिएका छन् ।

हाल कर्म थालोको रुपमा बुटवललाई रोजेका बर्तौला को यो गीत को प्ररम्भिक प्रतिकृया देख्दा पक्का पनि नेपाली जन जनको मन मनमा बस्न सफल हुने देखिन्छ ।

 

https://www.youtube.com/watch?v=ZxN2EFqNQd0&authuser=0

ताजा अपडेट

खोजी गर्नुहोस